काठमाडौं– कोरोना संक्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्ने क्रम बढ्न थालेको छ । अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा आज १५० गुर्जोको बिरुवा रोपिएको छ ।
गुर्जो रोपण कार्यक्रममा सांसद कृष्ण राई, पूर्व मुख्यसचिव एवं लीलामणि पौडेललगायत बाग्मती सफाइ अभियानकर्मी सहभागी थिए ।
आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण सुरु गरेका छन् ।
अधिकार सम्पन्न बाग्मतीको कार्यालयमा पनि उनले बिरुवा उपलब्ध गराएको सञ्चालक सदस्य माला खरेलले जनाइन् ।