काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोभिड १९ महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गर्दै एक सभालाई सम्बोधन गरेका छन् ।
बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई उहाँले मंगलबार बिहान सम्बोधन गर्नु हुने क्रममा प्रशंसा गरेको समाचारमा जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएको छ । यद्यपी चीनले भने यस महामरीलाई विभिन्न मोडलहरुको सहयोगले नियन्त्रणमा लिन सफल भएको छ ।
चीनमा ८५ हजार १४४ कोरोना भाइरस सङ्क्रमित भएका थिए । यस सङ्क्रमणबाट चीनमा ४ हजार ६३४ जनाको मृत्यु भएको थियो ।
चीनमा ८० हजार ३३५ जना कोरोना भाइरस मुक्त भएका छन् । हाल चीनमा ११५ जनामा मात्र कोरोना भाइरस सङ्क्रमण रहेको छ । रासस