काठमाडौं– सेयर कारेबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने लगातार ओरालो लागिरहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १२.१७ बिन्दुले घटेर १ हजार ४८७.८१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.५५ ले घटेर २९८.६४ मा पुगेको छ ।
कूल १९२ कम्पनीको ५५ लाख ९५ हजार ५५१ कित्ता सेयर २ अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ मूल्यमा खरिद बिक्री भए ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर उकालो लाग्दा आठ उपसमूहको सेयर भने ओरोलो लागेको छ । व्यापार २२.९६, वित्त ०.३, अन्य ३.७९ र लघुवित्त १.१५ बिन्दुले बढेको छ ।
यस्तै, बैंकिङ १७.३६, होटल २.५६, विकास बैंक १५.५८, जलविद्युत् ३.५३, निर्जीवन बिमा ४६.७६, उत्पादन १७.६८, जीवन बिमा ९२.५४ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले घटेको छ ।
कारोबारमा आधारमा आज पनि नेपाल पुनबिर्मा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनी २८ करोड ४० लाख ३७ हजार ६९ बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नागरिक लगानी कोष १५ करोड ६३ लाख ३ हजार ५६९, नेको इन्स्योरेन्स ९ करोड ३ लाख १९ हजार ९२७, एनएमबी बैंकको संस्थापक सेयर ८ करोड ८२ लाख ४ हजार ८८०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८ करोड २४ लाख ९५ हजार ६४ र शिवम् सिमेन्ट ७ करोड ५४ लाख ९४ हजार ८२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
धेरै कमाउने कम्पनी
यस्तै, उन्नती सहकार्य लघुवित्त ९.९१, युनिभर्सल पावर कम्पनी ९.८७, जोशी हाइड्रोपावर ८.८६, नागरिक लगानी कोष ७.९४ र आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.३३ प्रतिशतले कमाए ।
गुमाउने कम्पनी
त्यस्तै, एनआरएन इन्फ्रास्टकचर ९.९२, घलेम्दी हाइडङो ६.८५, हिमालयन पावर पार्टनर ५.८८, अरुण काबेली पावर ५.०८ र एआइबिएल प्रगति फन्डका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए ।