काठमाडौं - आज देशभरको मौसममा सामान्य बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा औसत भन्दामाथि र नेपाल भन्दा दक्षिण तर्फ रहेकाले आज दिउँसो सामान्य नै भएपनि रातिदेखि थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।