म्याग्दी– भदौ १७ गते राति आएको बाढीले उजाड बनाएको ढोरपाटन नगरपालिकाको बोबाङ गाउँको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थलगत निरीक्षण गरेका छन् । उनी राहत सामग्रीसहित बाढीग्रस्त क्षेत्र ढोरपाटन नगरपालिका–९ बोबाङ पुगेका हुन् ।
गुरुङले घरविहीनका लागि एकीकृत बस्ती निर्माण गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने बताए ।
‘पीडितले चाहेअनुसारको घर निर्माणमा संघ सरकारले प्रदान गर्ने रकममा प्रदेश सरकारले थप्नेछ,’ मुख्यमन्त्री गुरुङले भने, ‘नगरपालिकाले जग्गा व्यवस्थापन गरे एकीकृत बस्ती निर्माण गर्दा सदाका लागि सुरक्षित हुन सकिन्छ ।’
गुरुङले नगरपालिकाले जग्गा व्यवस्थापन गरे सङ्घ र प्रदेश मिलेर एकीकृत बस्ती बसाल्ने प्रतिबद्धता व्यक्त गरे ।