काठमाडौं - आज देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षाको हुनसक्ने
जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ ।
मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ रहेकाले मनसुनी गतिविधि केही कमजोर हुने मौसमविद्ले बताएका छन् ।
दिउँसोबाट देशभर केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।