ललितपुर– ललितपुर महानगरपालिकाभित्र एक सातासम्म पाँच जनाभन्दा बढी भेला हुन नपाइने आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले भदौ २० गतेदेखि भदौ २६ गतेसम्म बिहान ५ बजेदेखि बेलुका १९ बजेसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश जारी गरेको हो ।
सो आदेश स्थानीय प्रशासन ऐन ३०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जनाएका छन् । आदेश उल्लंघन गरिएमा कानुनबमोजिम कारबाही गरिने बताइएको छ । देश रातो मत्स्येन्द्रनाथको रथ रहेको आसपास क्षेत्र, मिननाथको रथ रहेको आसपास क्षेत्रमा मात्र आदेश लागू हुनेछ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरको आदेश पढ्नुहोस् :
