काठमाडौं– कोरोना संक्रमणदर बढ्दो क्रममा रहेका बेला नेपालमा पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोलुखुम्बु, मुस्ताङ, ताप्लेजुङ, डोल्पा र हुम्ला कोरोनामुक्त भएको बताएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा १ हजार ३५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कूल सङ्क्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।