चितवनमा कोभिड–१९ संक्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज अपराह्न १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताए ।
ती महिलाको बिहीबार राति मात्रै डा. शीतल अधिकारी र डा. लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।
यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।