काठमाडौं - आज देशभरको मौसम सामान्यतया बदली रही केही स्थानमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने मौसमविदले जनाएका छन् ।
आज प्रदेश १ तथा गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
मनसुनको न्युन चापीय रेखा दक्षिणतर्फ भएको मौसमविदले जनाएका छन् ।