काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । कोरोना भाइरसको संक्रमण रोक्ने ध्येयका साथ काठमाडौंमा निषेधाज्ञा जारी गरेको पछिल्लो १५ दिनको अवधिमा बजारले नयाँ बिन्दु कायम गरेको थियो । बजार बढेर नेप्सेले धेरैपछि १ हजार ५०० बिन्दु कायम गरेको थियो ।
साताको अन्तिम दिन आज भने भने नेप्से परिसूचक ०.१५ बिन्दुले घटेर १ हजार ५१०.४२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१४ ले बढेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा आज पनि पुनर्बिमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको प्रतिकित्ता ८८९ मा ४१ करोड ५७ लाख ७ हजार २३८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । सो कम्पनी पछिल्ला केही दिनदेखि कारोबारका आधारमा शीर्ष स्थानमा रहँदै आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८६ कम्पनीको ९३ लाख २ हजार ९७० कित्ता सेयर २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २३१ मूल्य बराबरको कारोबार भयो । बजार पुँजीकरण भने बढेर १९ खर्ब ९८ अर्ब बराबर पुगेको छ । कोरोनाका कारण सम्पूर्ण आर्थिक गतिविधि समस्यामा परेको भए पनि सेयर बजारले भने सन्तोष गर्ने वातावरण बनाइदिएको छ । आज भने नेप्से झिनो अंकले घटे पनि केही सूचकमा भने वृद्धि भएको छ ।
आज कारोबार भएका १२ उपसमूहमध्ये पाँच उपसमूहको सेयर घटेको छ । सात उपसमूहको सृयर बढेको छ । बैंकिङ २.९६, व्यापार ९.७१, विकास बैंक ४.७१, जलविद्युत् २४.९८ र उत्पादन उपसमूह ३५.९४ ले घटेको छ ।
होटल ३१.७४, वित्त ०.०७, निर्जिवन बिमा ६७.३४, अन्य ११.९७, लघुवित्त ७.४६, जीवन बिमा १५.३२ र सामूहिक लगानी कोष ०.०६ ले बढेको छ ।