काठमाडौं– चितवनमा सञ्चालिक एक उद्योगमा काम गर्ने ५२ मजदुरमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको छ । एकैपटक यति धेरै मजदुरमा संक्रमण देखिएपछि त्यहाँ कार्यरत अन्यमा उच्च जोखिम देखिएको छ ।
चितवन रत्ननगरमा रहेको त्रिशक्ति खाद्य उद्योगमा जम्मा ७६ जना मजदुर कार्यरत छन् । उद्योगमा कार्यरत अधिकांश मजदुर तराईका हुन् ।