काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनलाई श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो ।
उनको उचारका क्रममा आज विहान निधन भएको अस्पतालले जनाएको छ ।
उनलाई गत भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य हुन् ।
कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध थिए ।