काठमाडौं– कोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । आज बिहान भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
मृतक पुरुष गत भदौ ६ गते उपचारका लागि भरतपुर अस्पताल भर्ना भएका थिए । भदौ २ गतेनै कोरोना संक्रमण पुष्टि भएका ति पुरुषमा उच्च रक्तचापको समस्या थियो ।
उनको अस्पतालको कोरोना सघन कक्षमा उपचार भैरहेको थियो ।