काठमाठौं– लिबर्टी इनर्जी कम्पनीको आइपिओ आज दिउँसो बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार दिउँसो १२ बजे आइपिओ बाँडफाँट हुने भएको हो ।
लगानीकर्ताले ७० लाख कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा १.९६ गुणा बढी हो । लिबर्टीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको यिो । यसको आइपिओलाई ४ रेटिङ दिइएको छ ।