काठमाडौं - आज बसेको मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तसम्म सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।
यसअघि सरकारले भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
कोरोना भाइरसको सक्रमण बढेपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नियुक्त गरेको छ । रानामगर यसअघि झापाको प्रमुख जिल्ला अधिकारी थिए ।