काठमाडौं– कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा थप एक पुरुषको मृत्यु भएको छ । भरतपुर– १० का ५२ वर्षीय पुरुषको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो ।
गत भदौ ४ गते अस्पताल भर्ना भएका उनलाई भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक ति पुरुषलाई निमोनिया भएको थियो । उनको अवस्था चिन्ताजन भएपछि अस्पतालको भेन्टिलेटरमा उपचार भैरहेको थियो ।