काठमाडौं– कोरोना संक्रमणका कारण धरानमा एकैदिन आमाछोराको मृत्यु भएको छ । सुनसरी धरान उपमहानगरपालिमा आमाछोरा दुबैको आज बिहान मृत्यु भएको हो ।
शनिबार स्वास्थ्यमा समस्या आएपछि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी ७४ वर्षीया आमाको आज विहान ८ः३० बजे र उनका ६० वर्षीया छोराको ७ः४५ मा मृत्यु भएको हो ।
कोरोना संक्रमित आमाछोरामा नै मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । उनीहरू दुबैमा आज बिहान मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।