लस एन्जेलस– अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । क्यानसरसँग लामो समयदेखि जुधिरहनु भएका बोसम्यानको शुक्रबार ४३ वर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो ।
ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात भएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गरेका छन् । उनको परिवारले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार वर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो ।
दक्षिण क्यारोलिनामा जन्मिनु भएका बोसम्यानको निधनको खवर थाहा पाएपछि विश्वभरिबाट समर्थकल उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।