काठमाडौं– नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार १२ जनाको मृत्यु भएको छ । यसलाई आधार मान्दा प्रत्येक दुई घण्टामा एक संक्रमितको मृत्यु भएको छ ।
भदौ १ गतेयता १२ कोरोनाबाट ८१ जनाको मृत्यु भएको छ । यस अवधिमा औसतमा सात जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा शून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । शुक्रबारसम्ममा उक्त सङ्ख्या बढेर १९५ पुगेको छ ।
मृत्यु हुनेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १४४ जना रहेका छन् ।