काठमाडौं - मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले अझै केही दिन पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका धेरै ठाउँमा गत रातिदेखि पानी परिरहेको कारणले पहाडी क्षेत्रमा पहिरोको तथा तराई क्षेत्रमा बाढी र डुबानको जोखिम बढेको छ ।
आज पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना छ । धेरैजसो ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाल बताएको छ ।