काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हवाई नीति २०७७ लाई मन्त्री परिषदमा पेश गर्नुअघि सरोकारवालाको सुझाब मागेका छन् ।
नेपालको हवाइ क्षेत्रलाई, सर्वसुलभ, तथा प्रतिष्पर्धी बनाउन, समयानुकुल नीतिमा परिवर्तन गनै मन्त्रीस्तरको निर्णयबाट पूर्व सचिव यज्ञ गौतमको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलको सुझावलाई आवश्यक परिमार्जन गरी नीति मन्त्रालयको वेबसाइटमा राखिएको र त्यसमा इमेलमार्फत सल्लाह सुझाव पेश गर्न उनले आग्रह गरेका छन् ।
सुझाव मन्त्रालयको हवाइ महाशाखाको इमेल [email protected] मा पठाउन सकिनेछ ।
हवाइ नीति २०७७ को ड्राफ्ट यस्तो छ । सो ड्राफ्टको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस्