काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेको संख्या यो हालसम्मकै बढी हो । मृत्यु हुनेमा आठ पुरुष तथा चार महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङकी ५६ र ६५ वर्षीया, भक्तपुरकी ६४ वर्षीया तथा मकवानपुरकी ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
यस्तै रुपन्देहीका ६० वर्षीय, कास्कीका ५२ वर्षीय, चितवनका ५१ वर्षीय, झापाका ८३ वर्षीय, सिरहाका ५५ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय र उदयपुरका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।