काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा आज थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उत्यकामा ४१५ कोरोना संक्रमित थपिएको प्रवक्ता गौतमले जनाए । थपिएको यो संख्या हालसम्मकै बढी हो । थपिएकामध्ये काठमाडौंका ३५०, ललितपुरका ११ र भक्तपुरका ५४ जना छन् ।
उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । बिहीबार उपत्यकामा ३७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।