काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज रिलायन्सको आइपिओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार ५ लाख ८९ हजार ४६४ जनाले आइपिओमा आवेदन दिएका थिए । जसमध्ये १ हजार ९५५ वटा आवेदन रद्द भएको थियो । ५ लाख ६७ हजारले १० कित्ताका दरले सेयर पाएका छन् भने २० हजार ५०९ जनाको हात खाली भएको छ ।