काठमाडौं– बाग्मतीमा प्रदेशमा महिलाको तुलनामा कोरोना संक्रमित पुरुष दाेब्बरले बढी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितमध्ये पुरुष ६६.२ र महिला ३३.८ प्रतिशत रहेका छन् ।
त्यस्तै, २१–५१ वर्षका महिला र पुरुषमा बढी कोरोना संक्रमण देखिएको छ । बालबालिका र वृद्धवृद्धामा संक्रमण न्यून रहेको पाइएको छ ।
बाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाग्मतीमा संक्रमितको संख्या ६ हजार ६८ पुगको हो ।
बाग्मती प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । काठमाडौंमा ३ हजार ४५८ जना संक्रमित छन् । त्यस्तै, दोलाखामा सबैभन्दा कम ४८ जना संक्रमित रहेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । गौतमका अनुसार उपत्यकामा संक्रमितको संख्या ४ हजार ४ सय ५ रहेको छ । काठमाडौंमा ३ हजार ४५८, ललितपुरमा ५ सय ७६ र भक्तपुरमा ३ सय ७१ गरी उपत्यकामा संक्रमितको संख्या ४ हजार ४०५ पुगेको हो ।
संक्रमितको जिल्लागत विवरण
काठमाडौं–३४५८
ललितपुर–५७६
भक्तपुर–३७१
रसुवा–१७
नुवाकोट–८७
धादिङ–१८६
चितवन–४९८
सिन्धुली–६९
मकवानपुर–४२९
रामेछाप–६६
दोलखा–४८
काभे्रपलान्चोक–१६३
सिन्धुपाल्चोक–१००