काठमाडौं– शुक्रबार चितवनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेडौंडाकी ७१ वर्षीया महिला र भरतपुरका ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट मृत्यु भएकी महिलामा निमोनियाँ र दमको समस्या रहेको अस्पतालले जनाएको छ । उनलाई गत भदौ ७ गते श्वासप्रश्वासमा जटिल समस्या आएपछि तितवन मेडिकल कलेज भर्ना गरिएको थियो । आजै मृत्यु भएका ५१ वर्षीय पुरुषमा पनि श्वासप्रश्वासमा समस्या आएपछि गत भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो ।
उता धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एकै दिन २ जनाको मृत्यु भएको छ । मोरङ बेलबारीकी ५६ वर्षीया महिला र झापाका ८२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।