काठमाडौं– लगातार उकालो लाग्दै आएको सेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अंकले ओरोलो लागेको छ । लगातार उकालो लाग्दै नेप्से परिसूचक आज भने चार अंकले घटेर १ हजार ४५८.०४ मा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक समेत १.६४ ले ओरोलो लागेर २९७.१० मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कुल १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० मा कारोबार भएको छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर मात्रै उकालो लागेको छ । निर्जीवन बिमा १९.७३, उत्पादन ४१.१६ र जीवन बिमा ११.०५ ले बढेको छ । यस्तै, बैंकिङ ४.०६, व्यापार १४.३, होटल २१.५५, विकास बैंक २१.९८, जलविद्युत् ७.१७, वित्त ३.२७, अन्य ०.४६, लघुवित्त २३.५ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
कारोबारका आधारमा आज पनि नेपाल पुनर्बिमा कम्पनी नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनकिो २३ करोड १२ लाख ९४ हजार ३२९ बराबरको कारोबार भयो । यस्तै, नेको इन्स्योरेन्स १२ करोड ४६ लाख ८९ हजार ५५६, शिवम् सिमेन्ट ९ करोड ५१ लाख ८८ हजार ४०८, एनआइसी एसिया बैंक ८ करोड ३१ लाख ४७ हजार ८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ७ करोड ३९ लाख १२ हजार ९९८ र एनएमबी बैंकको ६ करोड ९५ लाख ५३ हजार ५१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कमाउने कम्पनी
स्टकका अनुसार एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड ९।८२, दिव्यश्वरी हाइड्रोपावर ५.८४, शिवम् सिमेन्ट ५.१०, कालिका पावर कम्पनीका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाए ।
गुमाउने कम्पनी
त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.०७, गुराँस लघुवित्त ४.०४, रसुवागढी हाइड्रोपावर ३.९२ र विशाल बजार कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए ।