काठमाडौं– कृषि विकास लागि अन्तर्राष्ट्रिय कोषबाट करिब ११ अर्ब ६५ करोड बरारबको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । भदौ ९ मा बसेको मन्त्रिपरिषद्को बैठकले सो ऋण सहायता स्विकार्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । त्यस्तै, मन्त्रिपरिषद्ले अन्य विषयमा पनि निर्णय गरेको छ ।
पढ्नुहोस् मन्त्रिपरिषद्का निर्णयहरू :
