काबुल– अफगानिस्तानमा बाढीका कारण एकै दिन १ सय १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र १ सय ५० जना घाइते भएको अधिकारीले जानकारी दिएका छन् । ती घटनाहरु देशका विभिन्न प्रान्तमा भएका हुन् ।
स्थानीय अधिकारीका अनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् । टोलो न्युजले कतिपय ठाउँमा उद्धारकर्ताले समेत प्रभावकारी काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको समाचार सम्प्रेषण गरेको छ ।
अर्को बढी प्रभावित देखिएको चरिकार क्षेत्रमा खटिएका एक उद्धारकर्ताले बेपत्ताको शव भेट्टाउन सकेका छैनन् । अधिकारीहरुका अनुसार पीडितमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । उनीहरुले स्थानीय समय अनुसार बुधबार दिउँसो झन्डै ३ बजेतिर विनाशकारी बाढी आएको थियो ।
त्यसैगरी कापिसा प्रान्तको कोभान्ड जिल्लामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् ।