काठमाडौं– पछिल्लो चौबिस घण्टामा १ हजार १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगको छ ।
संक्रमणदर बढेसँगै मृत्युदरसमेत बढ्दै गएको छ । आजै आठ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ सय ८४ पुगेको छ ।
नेपालमा कोरोनामुक्त हुनेको संख्या पनि उल्लेख्य छ । आज ५ सय ६९ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ ।