काठमाडौं– सामाजिक विषयमा बहस गर्ने समूह ‘पथ’ले भर्चुअल माध्यममा गर्दैै आएको अन्तरक्रियालाई निरन्तारता दिएको छ । पथले बिहीबार ‘इन्जेन्डरिङ थ्रु बाइसाइकल, कलर्स, लाइट एन्ड क्लाइम्बिङ’ विषयमा अन्तरक्रिया गर्दै छ ।
बिहीबारको अन्तरक्रियामा राष्ट्रिय खेलाडी तथा कलाकार लक्ष्मी मगर र फोटोपत्रकार पूर्णिमा श्रेष्ठ वक्ता रहेका छन् । लक्ष्मी मगर दक्षिण एसियाली खेल स्वर्ण पदक विजेता साइक्लिस्ट हुन् भने पूर्णिमा श्रेष्ठ सगरमाथा आरोही पत्रकार हुन् ।
अन्तरक्रियाको सहजकर्ता फोटो पत्रकार उषा तितिक्षुले गर्दै छिन् । कार्यक्रम बिहीबार दिउँसो ३ बजे नेपाली पब्लिक डटकम र नेपाली पब्लिकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुँदै छ ।
सो कार्यक्रमको जुम आइडी प्रयोग गरेर इच्छुकहरुले प्रत्यक्ष सहभागी भई अन्तरक्रिया गर्न सक्ने पथले जनाएको छ । जसका लागि जुम आइडी ४१२ ७९१ ७६२९ रहेको छ भने पासकोड path2020 रहेको छ ।
