कञ्चनपुर– कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेकी एक महिलालाई उद्धार गरिएको छ । कृष्णपुर नगरपालिका–२ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो ।
गए राति परेको अविरल वर्षाका कारण सो नदीमा आएको बाढीमा फसेका सार्कीको विपद् व्यवस्थापन टोली कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको संयुक्त पहलमा ती महिलालाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले बताए ।
बुधबार बेलुका ६ बजे नदीमा थुनिएकी ती महिलालाई सकुशल उद्धार गरिएको उनले बताए । वैलकुण्डी शिविरका ती महिला घाँस काट्न गएका वेला मछेली नदीको भंगालोमा फसेकी थिइन् ।