काठमाडौं - चितवनमा बुधबार राति थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालमा गरिएको १ सय ५१ वटा नमुनाको परीक्षण मध्ये २६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
जसमा भरतपुर महानगरपालिका १६ तथा माडी नगरपलिका ९ जना रहेका छन् । यस्तै १ जना भने देवघाटका रहेका छन् ।