एजेन्सी– चीनको आकाशमा अमेरिकी जासुसी विमान परिचालित भएको भन्दै चीनले आपत्ति जनाएको छ । यसबाट अमेरिका र चीनको बीचमा बढ्दै गएको तनाव झन् बढेको छ ।
चीनले अमेरिकाको दुई एडवास्ड यू २ स्पाई प्लेनलेले आफ्नो उत्तरी सिमाभित्र छिरेर सैनिक ड्रिलको रेकर्ड गरेको बताएको छ । चीनको प्रतिरक्षा मन्त्रालयका प्रवक्ता वु क्विनले अमेरिकी नेवीको यु २ एयरक्राफ्टले उत्तरी चीनको सैनिक अभ्यासस्थलमा केही घण्टा जासुसी गरेको बताएको सिन्ह्वा समाचर एजेन्सीले जनाएका छन् ।
उनले भनेका छन्, ‘यसले हाम्रो तालिममा असर परेको छ । अमेरिकाले दुई देशबीचको सम्झौता उल्लघंन गरेको छ ।’ चीनको सरकारी मिडियाले यसरी नै चीनको क्षेत्रमा अमेरिकी विमान घुसिराख्ने हो भने सैन्य झडप हुनसक्ने बताएको छ ।
अमेरिकी एयरफोर्सका कार्ल चेस्टरले सिएनएनमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘हामीले हाम्रो मर्यादामा रहेका काम गरेका छौं । केही नियम तोडेको छैन । पहिले पनि महासागरमा अपेरेशन गर्दै आएका छौं । पछि पनि गर्नेछौं ।’
उनले चीनको दावीमा आफूलाई शंका रहेको उल्लेख गर्दै सो विमानल निकै दूरीबाट नै सजिलै जानकारी लिनसक्ने भएकोले अमेरिकी एयरक्राफ्टलाई चीनमा घुस्न जरुरी नभएको जिकिर गरेका छन् ।
सो विमानलाई एन्टी एयरक्राफ्ट मिसाइलले प्रतिकार गर्न नसक्ने भएकोले चीन यसप्रति सशंकित भएको हो ।
ही सञ्चारमाधयमका अनुसार सो विमान चीनको आकाशमा ७० हजार फिटमा उडेको थियो । जसले सैनिक अभ्यासका फोटो तथा भिडियो खिचेर हिन्द महासागर क्षेत्रमा रहेको बेस क्याम्प फेर्केको थियो ।
गत महिना पनि अमेरिाको लडाकु विमान शाङ्घाईबाट ७५ किलोमिटरको दूरीमा उडान गरेको थियो ।