काठमाडौं– सहसचिव वा सो सरहका कर्मचारीलाई विभिन्न कार्यालयमा सरुवा गर्ने निर्णय गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७७ भदाै ०९ गतेको निर्णयानुसार ६० सहसचिवलाई सरुवा गर्ने निर्णय गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव दिनेशकुमार घिमिरेलाई प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव राधिका अर्याललाई बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
सहसचिव चूणमणि पौडेललाई सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र सहसचिव महादेव पन्थलाई गृह मन्त्रालयबाट प्रदेशमा ५ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै, स्वास्थ्यका सहचिव रघुराम विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । सहसचिव खग्रेन्द्रप्रसाद सुवेदी, राजेन्द्रकुमार पौडेल, इन्दु घिमिरे, कमलप्रसाद भट्टराई, श्रीकृष्ण नेपाललाई सरुवा गरिएको हो ।
त्यस्तै, प्रदेश सचिवहरू मुकुन्दप्रसाद निरौला, हरिप्रसाद मैनाली, दामोदर रेग्मी, कृष्णहरि पुष्कर कर्ण, गणेशप्रसाद पाण्डे, भरतमणि सुवेदी, गोपिकृष्ण खनाल, लक्ष्मीकुमारी बस्नेत, कुष्णबहादुर राउन, शंकरप्रसाद खरेल, सुमनराज अर्याल र भगरिथ पाण्डेयलाई सरुवा गरिएको हो ।
सरुवा हुने सहचिवमा उत्तरकुमार खत्री, उमेश ढुंगाना, रमेशप्रसाद सिवाकोटी, मनमाया भट्टराई पंगेनी महेश आचार्या, आभा श्रेष्ठ कर्ण, मेघनाथ काफ्ले, सिन्धुप्रसाद ढुंगाना, महेश्वर ढकाल, राजेन्द्र केसी, यज्ञनाथ दाहाल र रामचन्द्र कँडेल छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्यलाई कर्णाली प्रदेशको भूमि व्यवस्था, कृति तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ ।
को कहाँ पुगे ?


