काठमाडौं– पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा देशभरका अस्पितालबाट ३८५ जना निको भइ घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
देशभर १४ हजार ७३९ जनामा संक्रिय किसिमको संक्रमण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार २५३ जनाको पीसीआर परिक्षण गरिएको थियो । अहिलेसम्म नेपालमा ६ लाख ३५ हजार ५२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ७११ ज्ना तथा होम आइसोलेसनमा ६ हजार २८ जना उपचार गराइरहेका छन् । ९ हजार ८३२ जना क्वारेन्टिनमा रहेका छन् ।
१४ जना संक्रमितको भने भेन्टिलेरमा उपचार भैरहेको छ । नेपालमा अहिलेसम्म ३३ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोराना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ सय ७५ पुगेको छ ।