काठमाडौं– सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई)बाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै मल ल्याउन थालिएको हो । कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।
अहिले मल युएइबाट ल्याई भारतको कोलकत्तास्थित बन्दरगाहमा राखिएको छ । सो मललाई कोलकत्ताबाट वीरगञ्ज र विराटनगर हुँदै नेपालमा ल्याउन थालिएको हो । मङ्गलबारदेखि नेपालमा मल नेपाल आउन थालेको छ । हिजोमात्र तीन हजार मेट्रिकटन मल नेपाल भित्रिएको हो । वीरगञ्जबाट दुई हजार ५०० मेट्रिकटन र विराटनगरबाट ५०० मेट्रिकटन नेपाल आएको छ । उक्त मल प्रदेश नंं १ बाहेक सबै प्रदेशमा वितरण गरिने छ ।
वीरगञ्जमा रेलमार्फत २७ हजार ५०० मेट्रिकटन र विराटनगर ट्रकमार्फत पाँच हजार मेट्रिकटन मल कोलकत्ताबाट आउँदैछ । धान रोपाइ गरेपछि दुईपटक युरिया मल हाल्ने गरिन्छ । एकपटक धान रोपेको एक महिनापछि र अर्कोपटक बाला निस्कने बेलामा मल हाल्ने गरिन्छ ।
धान रोप्नेबेला भने पोटास र डिएपी मल हालिन्छ । नेपालमा मल आएसँगै करिब १० लाख कृषकले धानमा मल प्रयोग गर्न पाउनेछन् । कोलकात्ताबाट वीरगञ्जसम्म रेलमा आउने छ र त्यहाँ सुख्खा बन्दरगाहाबाट नेपालका विभिन्न साल्ट टे«डिङका डिपोमा पु¥याइनेछ ।
अहिले ल्याउन थालिएको मलले यो वर्ष रोपिएका सबै धानलाई पुग्ने मन्त्रालयका प्रवक्ता डा केसीले बताए ।