काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ सम्म थप गरिएको छ । गत भदौ ३ गते मध्य रातबाट सुरु भएको निषेधाज्ञा आज मध्य रातिसम्म बाँकी थियो । आज बिहान उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा सरोकारवालाहरुको बैठकले निषेधाज्ञा थप गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा कडाइ गरिने जानकारी दिएका छन् । अबको निषेधाज्ञामा सर्वसाधारणले के गर्न पाउने के गर्न नपाउने भन्ने विषयमा सूचना सार्वजनिक गर्ने तयारी भइरहेको समेत दाहालले बताएका छन् ।
उपत्यकामा संक्रमणदर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञा थप गरिएको दाहालको भनाइ छ । निषेधाज्ञाको यो अवधिमा पनि औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खदिरमा भने रोक नलगाइने भएको छ ।
