काठमाडौं– कोरोना संक्रमणका कारण विराटनरगमा एक महिलाको मृत्यु भएको छ । गएराति चिन्ताजनक अवस्थामा विराट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएकी उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा निधन भएकी ती महिला ४४ वर्षकी थिइन् ।
ती महिलामा एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि कोसी अञ्चल अस्पतालले विराटमा रेफर गरेको अस्पतालका कोभिड फोकल पर्सन तथा छातीरोग विशेषज्ञ डा. पुरु कोइरालाले जानकारी दिए । योसहित विराटनगरमा कोरोना संक्रमणबाट ११ जनाको ज्यान गएको छ ।