काठमाडौं - पछिल्लो समय कफीमा किसान जागरुक हुन थालेपछि कफीमा समेत इलाम उत्कृष्ट बन्दै आएको छ ।
खेती प्रणाली मिलेको, स्थानीय सरकार र कफी बोर्डबाट बिरुवासमेत उपलब्ध हुन थालेपछि किसान कफीको व्यावसायिक खेतीमा लागेका हुन् ।
एक सर्वेक्षणअनुसार इलाम कफी उत्पादनमा प्रदेश नं १ कै उत्कृष्ट जिल्ला हो । प्रदेश नं १ को ३४ दशमलव सात हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेकामा १० दशमलव तीन प्रतिशत हेक्टर क्षेत्रफलमा भने इलाममै खेती हुने गरेको छ । रासस