काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ ।
दुई हप्तादेखि उपचाररत उनको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गर्दै मृतक ५४ वर्षीय पुरुष भएको उल्लेख गरेको छ ।