काठमाडौं– चर्चित हास्यकलाकार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अध्यक्षमा पुनः नियुक्ति पाएको भन्दै बधाई दिन हतारिएका छन् ।
मन्त्रिपरिषदको बैठक नसकिदैं चर्चित हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले मंगलबार साँझ प्राधिकरणको कार्यकारी निर्देशकलाई बधाई दिँदै फेसबुकमा एक पोष्ट गरे ।
पोष्टमा उनले बधाई दिँदै लेखे, ‘हार्दिक बधाई ! आज बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिगं ज्युलाइ नै बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेकोमा हार्दिक बधाई तथा पुनः सफल कार्यकालको शुभकामना !!’ ।
तर मन्त्रिपरिषदको आधिकारिक निर्णय नआइसकेको भन्ने प्रतिक्रियाहरु पोष्टमा आउन थालेपछि ११ मिनेटपछि धुर्मुसले सो पोष्ट सम्पादन गर्दै घिसिङले पुनः नियुक्ति पाएको सुन्न पाओस भनेर कामना गरे । उनले सच्चाएर लेखे, ‘आज बस्ने मन्त्री परिषद बैठकले कुलमान घिसिगं ज्युलाइ नै बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको सुन्न पाइहोस !!’
उनले सुरुमा पोष्ट गरेको र सच्चाएको फेसबुक एडिट हिस्ट्रीमा हेर्न सकिन्छ ।
त्यस्तै अर्का चर्चित हास्यकलाकार दीपकराज गिरीले पनि त्यस्तै पोष्ट गरे । तर उनले आफ्नो विधा हास्य शैलीमै सरकारलाई घिसिङलाई पुनः नियुक्तिको दवावस्वरुप भन्दै कामना गरेको भावमा स्टाटस पोष्ट गरे । उनले फेसबुकमा लेखेका छन्, ‘आज बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाइ नै विद्युत् प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ ! सरकारसँग यस्तै आशयको समाचार प्रेशित गरेर जनताकै पक्षमा उभिनुको बिकल्प छैन !!! ’
उनले सो कुरा धुर्मुसको पोस्टमा पनि प्रतित्रिया दिँदै निर्णय नभइसकेको तर सरकारले यस्तो निर्णयको लागि नागरिकस्तरबाट दवाव आउनुपर्ने उल्लेख गरेका छन् ।
मन्त्रिपरिषद निकट रहेका पत्रकारहरुले छिसिङलाई शुभकामना दिएका छन् । कुयाङ लामा, धनन्जय शर्माले पनि फेसबुकबाट पुनः नियुक्ति भएको भन्दै शुभकामना दिएका छन् । कुलमान घिसिङ नामको फेक आइडीबाट पुनः नियक्ति भएको पोष्ट आएपछि जनमानसमा भ्रम फैलिएको हो ।
मंगलबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिको विषयमा छलफल हुँदैछ । यसको निर्णय मंगलबारै आउने सम्भावना रहेपनि
आधिकारिक निर्णय भने सार्वजनिक भइसकेको छैन । तर केही अनलाइनले कुलमान घिसिङलाई निरन्तरता दिएको समाचार भने प्रकाशन गर्न थालिसकेको छ ।
यही भदौ २९ गते प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिँदै छ । उनी २०७३ सालको भदौ २९ गते सो पदमा नियुक्ति भएका थिए । उनको कार्यकालमा लोडसेडिङ मुक्त गराउादे नागरिकस्तरमा उनको प्रशंसा हुँदै आएको छ ।
सिताराम कट्टेलले त आफूले पाएको सूचना पूर्ण नभएको थाहा पाएपछि स्टाटस एडिट गरे । तर त्यस्तै स्रोतबाट सूचना पाएर स्टाटस लेख्नेहरूले अहिले पनि कुलमानलाई बधाई दिएको स्टाटस हालेर लाइक र कमेन्ट कमाइरहेका छन् ।



