काठमाडौं– पछिल्लो चौबिस घण्टामा सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण नेपालमा सात जनाको मृत्यु भएको हो । याेसँगै मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।
आज ८ सय ५५ जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । आज ३ सय १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।