काठमाडौं– पोखरामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये एकजना पत्रकार रहेका छन् । पोखरामा यो सहित २४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा कैगलबार गरिएको परिक्षणमा थप ११ जनामा संक्रमण देखिएको हो ।
संक्रमित पत्रकारमा भने कोरोनाको लक्षण नदेखिएको, कन्ट्रयाक ट्रेसिङका आधारमा परिक्षण गर्दा संक्रमण भेटिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।
पोखरा महानगरका ३३ वडा मध्ये ३१ वडामा कोरोना संक्रमण भेटिएको छ ।
