काठमाडौं– आज विहानैबाट देशभरको मौसम बदली रही देशमका केहि स्थानमा वर्षा भैरहेको छ । बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केहि स्थामा मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालमा बंगालको खाडीबाट आएको जलवाष्फ युक्त हावाको प्रभावले वर्षा भैरहेको मौसमविद् बताउँछन् ।
आज दिउँसो देशभरका केहि स्थानमा मेघगर्जन र चट्या«्गसहित वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । प्रदेश १, गण्डकी र बागमती प्रदेशका कहि स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय तथा पहिरोको जोखिम रहेको भन्दै सर्तक रहन आग्रह गरिएको छ ।