काठमाडौं– कोरोना संक्रमणका कारण रोकिएको अन्र्तराष्ट्रिय उडान आजबाट पुनः सुरु हुने भएको छ । महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि सुचारु गर्न लागिएको उडान सेप्टेम्बरसम्म जारी रहने छ । उद्धार उडान मार्फत दैनिक ५ सय नेपालीलाई स्वदेश फिर्ता गर्ने संस्कृति पर्यटन तथा उड्डयान मन्त्रालयले जनाएको छ ।
विभिन्न देशमा समस्यामा फसेका नेपालीलाई स्वदेश फिर्ता गर्न सुरु गरिएको उद्धार उडानको नयाँ तालिका तयार भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
अस्ट्रेलिया, मलेसिया, साउदी, यूएई, कोरिया र टर्कीबाट उद्धार उडानका लागि दुई नेपाली तथा ८ विदेशी एअरलाइन्सले अनुमति पाएका छन् । उद्धार उडान अवधिमा नेपाल एअरलाइन्स र निजी कम्पनी हिमालय एअरलाइन्सले ५÷५ वटा उडान भर्ने छन् ।
गत भदौ ४ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आउने यात्रुले मात्रै उद्धार उडान मार्फत स्वदेश फर्कन पाउने छन् ।