काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट विश्वका ८ लाख भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । विश्वका ११६ देशमा फैलियोको यो भाइरसको संक्रमणका कारण अहिलेसम्म विश्वभरका ८ लाख ६ हजार ४ सय १० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । त्यसपछि ब्राजिलमा धेरै मानिसको मृत्यु भएको छ । नेपालमा पनि कोरोना संक्रमणबाट १ सय ५७ जनाको मृत्यु भैसकेको छ ।
अहिलेसम्म विश्वका २ करोड ३३ लाख ११ हजार ७ सय १९ जनामा कोरोना संक्रम पुष्टि भएको छ । नेपालमा ३२ हजार ६ सय ७८ जनामा यो संक्रमण पुष्टि भएको छ ।