काठमाडौं– वीरगञ्जका विभिन्न निजी अस्पतालमा कार्यरत १ सय ५० जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले ५ बुँदे माग पेस गरेका छन् । ७ दिने अल्टिमेटमसहित आजै सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले न्यूनतम तलब ६५ हजार पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टिनमा अस्पतालले नै सुविधा दिनुपर्ने, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् ।
सामूहिक राजीनामा दिएका आफूहरु भोलिबाटै काममा नजाने मेडिकल अफिसर एसोसिएसन अफ वीरगञ्ज संघर्ष समितिका महासचिव डा. रामएकवाल राय यादवले जानकारी दिएका छन् ।