काठमाडौं– बाग्मती प्रदेशमा सबैभन्दा धेरै सक्रिय काेराेना संक्रमित रहेकाे पाइएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर का अनुसार बाग्मती प्रदेशमा ३ हजार ५ सय ७३ रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् ।
नेपालमा सक्रिय संक्रमित १३ हजार ७ सय १५ जना रहेको गौतमले जनाएका छन् । आज उपत्यकामा २ सय २४ नयाँ सक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ७७, ललितपुर ३३ र भक्तपुर १४ जना थपिएका हुन् । आज देशभर ७ सय ४३ जना संक्रमित थपिएका छन् ।
प्रदेशगत सक्रिय संक्रमित
प्रदेश १ : १ हजार २ सय २९
प्रदेश २ : १७१८
बाग्मती प्रदेश : ३ हजार ५ सय ७३
गण्डकी प्रदेश : ३ सय ५८
प्रदेश ५ : ८ सय ८४
कर्णाली प्रदेश : ३ सय ६५
सुदूरपश्चिम प्रदेश : १ हजार ५७ जना